Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महासमिति बैठकमा फरक मत राख्दै महर, १२६ पत्रको दृष्टिपत्र पेस गर्ने तयारी

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको महासमिति बैठक (नीति महाधिवेशन) आजदेखि ललितपुरको गोदावरीमा प्रारम्भ हुँदै छ। महासमिति बैठक आज सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यसूची रहेको छ।

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा प्रतिवेदन पेस गर्ने र लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

तर, यहीबीचमा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले फरक प्रस्ताव पेस गर्ने भएका छन्। महर महासमिति बैठकमा पार्टी उपसभापति र महामन्त्रीहरूले पेस गर्ने राजनीतिक दस्ताबेजसँग सन्तुष्ट छैनन् ।

त्यसैले उनले १२६ पृष्ठको फरकै दस्ताबेज पेस गर्ने भएका हुन्। उनले उक्त दस्ताबेजलाई कांग्रेसको दृष्टिपत्र भएको बताएका छन्।

बैठकमा प्रस्तुत हुने उपसभापति र महामन्त्रीका प्रतिवेदनमा पार्टी पङ्तिमा छलफल नै नगरी तयार भएको बताउँदै उनले त्यसमा सन्तुष्ट हुन सक्ने आधार नभएको बताए। छलफल नै नगरी तयार पारिएका प्रतिवेदन एकल व्यक्तिका अभिव्यक्ति जस्ता हुने बताउँदै उनले ती प्रतिवेदनले सिंगो पार्टीको धारणा समेट्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077