Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनसेल आजियाटा कम्पनीका पूर्वसेल्स म्यानेजर भण्डारी कसरी प्राधिकरणको अध्यक्ष बने ?

काठमाडौं । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।

स्रोतका अनुसार सञ्चारमन्त्री रेखा शर्माको जोडबलमा भण्डारीलाई प्राधिकरणको अध्यक्ष बनाइएको हो । उनी आगामी ५ वर्षका लागि प्राधिकरणको अध्यक्ष बन्ने छन् ।

उनी नेकपा (माओवादी केन्द्र) निकट हुन् । दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका भण्डारी आजियाटाको शेयर खरिद विक्रीको पर्दा पछिडिका पात्र समेत हुन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मा र उनका श्रीमान कृष्णध्वज खड्का निकट रहेका भण्डारी पहिले बुरुण्डीमा रहेको आजियाटा कम्पनीमा सेल्स म्यानेजर भएर काम गरेका व्यक्ति हुन् । अहिले उनी मन्त्री शर्माका आइटी सल्लाहकार पनि हुन् ।

विदेशमा रहेका भण्डारीलाई नेपाल भित्र्याएर एनसेलको सेयर विक्रीमा उथलपुथल ल्याउने पर्दा पछाडिका पात्र मन्त्री शर्माका श्रीमान् श्रीमतीसँगै आचार्य दाजुभाइ नै हुन् ।

[insert page='260744' display='yopanipadhnuhos.php']

आचार्य दाजुभाइ ५० प्रतिशत कम मूल्यांकन गरी एनसेलको शेयर हत्याउन लागि परेका छन् । ५५ अर्बसम्म लगानी गरी ८० प्रतिशत शेयर हत्याउन आचर्य दाजुभाइसहितका ब्यापारीहरु लागि परेका थिए । तर यथास्थितिमा एनसेलको सेयर खरिदबिक्री अनुमति दिन नमिल्ले आशयको सुझाब छानबिन समितिले सरकारलाई बुझाएपछि भने उनीहरुलाई धक्का लागेको छ ।

साथै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको शेयर खरिदबिक्री सम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077