Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकको पदमा डा. चण्डिकाप्रसाद भट्ट नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तिम सूचीमा रहेका तीनमध्ये भट्टलाई आयल निगमको कार्यकारी निर्देशक बनाएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दुवाडी शर्माको संयोजकत्वमा गठित समितिले दरखास्त दिएका १३ उम्मेदवारसँग व्यावसायिक कार्यायोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिएको थियो।

तीमध्ये समितिले गोरखाका चण्डिकाप्रसाद भट्ट, चितवनका डोलप्रसाद चापागाईं र ललितपुरका शत्रुध्नप्रसाद पुडासैनीलाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।
डा भट्ट यसअघि पनि कार्यकारी निर्देशक भएका थिए। भट्टले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणालीको सुरुवात गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077