Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा ट्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार शुक्लागण्डकी–१ थप्रेककी ४५ वर्षीया पीपलकौरी गुरुङ रहेकी छिन् ।

छाब्दी देउराली भित्री सडक खण्डमा साँखेबाट दुलेगौडातर्फ आउँदै गरेको ग७प ६९२४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग१त ३९९४ नम्बरको ट्याक्टर बिहीबार साँझ आपसमा ठोक्किएका थिए ।

ट्याक्टर चालक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077