Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुन काण्डमा सिआइबीविरुद्ध प्रहरी मुख्यालयमा उजुरी

काठमाडौं । चिनियाँ गिरोहको नेतृत्वमा भएको सुन तस्करी सम्बन्धी घटनाको अनुसन्धानमा चलखेल गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ ।

अनुसन्धानको क्रममा सिआइबीका अधिकारीले ३२ करोडको डिल गरेको उजुरीमा उल्लेख छ । हाल जेलका रहेका प्रतिवादीहरू किशोर बस्नेत लगायतले आफन्तमार्फत यसरी उजुरी गरेका हुन् ।

डिल गरेर केहीलाई फसाएको र केहीलाई उन्मुक्ति दिइएको दाबी गरिएको छ । प्रहरी महानिरीक्षकको सचिवालय स्रोतका अनुसार महानिरीक्षक बसन्तबहादुर कुँवरले उजुरीउपर छानबिन गर्ने तयारी गरेका छन् ।

उजुरीमा सिआइबीका केही प्रहरी अधिकारीकै नामै उल्लेख छ । सुन तस्करीमा संलग्न जीवन चलाउनेलाई सुरुमा डिल गरेर मुद्दा नचलाउने सेटिङ भएको र पछि फरार बनाएर प्रतिवादी बनाइएको आरोप छ ।

साथै, अलफ्ट होटेलमा रहेको वाल्डो क्यासिनोका सञ्चालकको समेत गिरोहमा संलग्नता देखिएपनि सिआइबीले जोगाएको उजुरीमा उल्लेख छ ।

दावा छिरिङसँग सम्पर्क देखिएका धेरै व्यक्तिहरूलाई विस्तृत अनुसन्धान नगरी सिआइबीले उन्मुक्ति दिएको आरोप लाग्दै आएको छ ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले समेत अनुसन्धानमा निष्पक्षता नभएको विषयमा सिआइबीकी एआइजी किरण बज्राचार्य लगायत अधिकारीसँग सोधपुछ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077