Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाल्पा जिप दुर्घटना अपडेट : मृतकमध्ये चार जनाको पहिचान खुल्यो

पाल्पा । पाल्पाको चिदिसामा भएको जिप दुर्घटनामा मृत्यु भएका मध्ये चार जनाको पहिचान खुलेको छ ।

मंगलबार बेलुका करिब ५ बजे लु१ज २३७१ नम्बरको जिप चिदिसा शिखरडाँडा जाँदै गर्दा उकालोमा व्याक भइ दुर्घटना भएको थियो ।

दुर्घटना ५ जना महिला र ३ जना पुरुष गरी ८ जनाको मृत्यु भएको थियो । तीमध्ये तिनाउ ६ चिदिसका रामबहादुर अस्लामी, कृष्णबहादुर अस्लामी, उर्मिला अस्लामी, माइतीमा आएकी दिल कुमारी अस्लामीको पहिचान खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले मृतकको पहिचानको लागि काम भइरहेको जनाएको छ ।

घाइते १८ जनामध्ये १० जना महिला, ४ जना बालक, ३ जना बालिका र १ जना चालक छन् । घाइते सबैको लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077