Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईंसँग वार्ता गर्दै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानका नाममा कार्यक्रम गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको टोलीसँग संवाद गर्न वार्ता समिति बनाएको छ। प्रसाईले आजमात्रै काठमाडौंमा आफ्नो शक्ति प्रदर्शन गरेका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनले प्रसाईंसँग संवादका लागि उपाध्यक्ष हेमजङ्ग गुरूङ र महामन्त्री धवलशमशेर राणा रहेको वार्ता समिति गठन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले प्रसाईं पक्षबाट पनि वार्ता टोली बनेपछि औपचारिक रूपमा छलफल अघि बढ्ने बताए । प्रसाईंले भृकुटीमण्डपमा कार्यक्रम गर्नुअघि मंगलबार भक्तपुरस्थित एक रिसोर्टमा राप्रपा महामन्त्री राणालगायतसँग कुराकानी पनि गरेका थिए।

प्रसाईंले सोमबार अध्यक्ष लिङ्देनसँग भक्तपुरस्थित सोही रिसोर्टमा भेटेका थिए। प्रसाईंले राप्रपाका अध्यक्ष लिङ्देनसहित नेताहरूसँग आफ्नो अभियानलाई समर्थन गर्न आग्रह गर्दै आएका छन्।

राजावादीहरू एक ठाउँमा उभिनुपर्ने तर्क प्रसाईको छ। तर, उनको आजको कार्यक्रममा राप्रपाका नेताहरु सहभागी भने भएनन् । प्रसाईंसँग छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै राप्रपा महामन्त्री धवलशमशेर राणाले आफूहरू एक ठाउँमा उभिएको बताएका थिए ।

राप्रपाका नेताहरु उपस्थित नभएपनि महामन्त्री राणाले आफ्ना कार्यकर्तालाई भृकुटीमण्डपमा हुने प्रसाईंको कार्यक्रममा जान पनि अपिल गरेका थिए ।

प्रसाईंले राजसंस्था फर्काउने भन्दै आन्दोलनसमेत गर्दै आएका छन्। उनले पटक–पटक पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेका थिए। महाअभियान सुरू गरेको एक वर्ष पुगेका दिन मंगलबार पनि पूर्वराजा शाहलाई प्रसाईंले कार्यक्रममा बोलाएका थिए तर पूर्वराजा शाह चितवनमा रहेकोले आएनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077