Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवलपरासीमा हजुरबुवा र नातीको हत्या, अनुसन्धानका लागि तालिम प्राप्त कुकुर झिकाइयो

नवलपरासी । नवलपरासीको सुस्ता गाउँपालिकामा हजुरबुबा र नातीको हत्या भएको छ । गएराति अन्दाजी १ – २ बजेको समयमा ६५ वर्षीय अक्षयलाल चमार र उनका ११ वर्षीय नाती गौचरण चमारको घरमै हत्या भएको हो ।

सुस्ता गाउँपालिका–३ स्थित नारायणी नदीको ठोकर नं. ५ छेउ नजिक उनीहरुको छाप्रोको घरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

मृतक अक्षयलाल दुई नाती, एक नातिनी र छोरा, बुहारीसँगै बस्दै आएका थिए । पछिल्लो समय छोरा रोजगारीका लागि भारत गएको र बुहारी पनि एक नाती र एक नातिनी लिएर भारत माइती घरमा गएकी थिइन् ।

एक नाती गौचरण भने मृतक अक्षयलालसँगै बस्दै आएका थिए । हत्यापछि उनीहरुको शव हत्याराले आँगनमा ल्याएर राखेको प्रहरीले जनाएको छ ।

घटनास्थल रगताम्य देखिएकाले धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीको अनुमान छ । घटनाको अनुसन्धान गर्न प्रहरीले भैरहवाबाट कुकुर झिकाएकाको छ । प्रहरीले घटनास्थललाई घेरा हालेर अजुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077