Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • दुर्गा प्रसाईको आन्दोलनमा गिरीबन्धुका बिचौलियाको घुसपैठ

    दुर्गा प्रसाईको आन्दोलनमा गिरीबन्धुका बिचौलियाको घुसपैठ

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 2.7K
    SHARES

    काठमाडौं । बैंक, लघुवित्त र सहकारीको ऋण नतिर्न उक्साउँदै आएका मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले आज भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरेका छन् ।

    उक्त कार्यक्रममा राजस्व अपचलन गर्ने, बैंकको ऋण दुरुपयोग गर्ने र सरकारी जग्गा अतिक्रमण गर्ने व्यापारीहरूको नाम सार्वजनिक गर्ने बताउँदै आएका छन् ।



    उक्त कार्यक्रममा दीपक भट्ट, सुवास संघई, शंकर गोल्यान, पवन गोल्यान, मोतिलाल दुगड, दीपक मल्होत्रालगायतको नाम सार्वजनिक गर्न लागेका छन् । कार्यक्रममा प्रसाईले प्रतिशोध साँध्न कसैको नाम सार्वजनिक गर्ने त कतिपयसँग भित्रभित्रै नगर्ने सम्झौता गरेको आरोप छ ।



    इलाम र झापाका हजारौँ हेक्टर सरकारी चिया बगान कब्जा गरेका त्रिवेणी ग्रुपका सुवास संघई र पुरुषोत्तमलाल संघईको नाम भने प्रसाईले सार्वजनिक गर्ने सूचीमा नभएको उनी निकट स्रोतले बताएको छ । झापाका मनोज प्रसाई गिरीबन्धु टी स्टेटको ३४३ बिघा जग्गाको हदबन्दी फुकुवा गराउने बिचौलियामध्येका मुख्य हुन् ।

    कुनै बेला घर घरमा साइकलमा मल बिक्री गर्ने मनोज प्रसाईकै योजनामा गिरीबन्धु टी स्टेटको हदबन्दी फुकुवा गराउन छत्र गिरी, दीपक मल्होत्राहरु लागेका थिए ।

    सर्वोच्च अदालतले यसै हप्ता गिरीबन्धु टी स्टेटको जग्गाको हदबन्दी फुकुवा गराउने सरकारको निर्णय बदर गरेपछि तिनै मनोज प्रसाई दुर्गा प्रसाईसँग मिलेर दीपक मल्होत्रालाई मात्र दोषी देखाउँदै आजको कार्यक्रममा नाम सार्वजनिक गर्ने सूचीमा राख्न लगाएका छन् ।

    पछिल्लो समयमा राजेन्द्र लिङ्देनदेखि दुर्गा प्रसाईसँग पनि उत्तिकै घनिष्ठ सम्बन्ध बनाएका मनोज प्रसार्ई गिरीबन्धु टी स्टेटको जग्गा हदबन्दी फुकुवा गराउनका लागि लागेर लाभ लिए, अहिले आएर उनै प्रसाई दुर्गाको अभियानमा लागेर अरूलाई दोष थोपरेर आफू पानीमाथिको ओभानो बन्ने प्रयत्नमा लागेका छन् ।

    यसले पनि दुर्गा प्रसार्ईको आन्दोलनमा घुसपैठ भएको छ भन्ने पुष्टि गरेको छ । यी मनोज प्रसाई केही बर्षअघिसम्म ज्ञानु प्रसाईका व्यापारिक साझेदार समेत भएका थिए । बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईका श्रीमान ज्ञानुको केही वर्षअघि चारआलीबाट चन्द्रगढीतर्फ जाँदा दुर्घटनामा मृत्यु भएको थियो ।

    ज्ञानुको मृत्युको पछाडि कसैले केही नखोजे पनि मनोजको भने आश्चर्यजनक प्रगति देखिएको बिर्तामोडमै चर्चा हुने गरेको छ । ज्ञानु प्रसाईसँग व्यापारिक साझेदारी गरेपछि र गिरीबन्धुको दलालीमा लागेपछि उनी ठूला कारोबारी भएका हुन् । उनी राप्रपा अध्यक्ष र राजेन्द्र लिङ्देन र दुर्गा प्रसाईंलाई जे पनि गराउन सक्ने फूर्ति पनि लाउन पछि पर्दैनन् ।

    विगतमा गिरीबन्धुको हल्लामा आफैँ धामी बोक्सी जस्तै व्यवहार मनोजले गरेका थिए । मनोजले नै सीआईबीका एआईजी किरण बज्राचार्यको लिएर झापामा प्रहरीको हवाला दिँदै आफ्नै पाटनहरू सिलिगुढी भगाउने काम समेत गरेको आरोप छ । प्रसाईंले गिरीबन्धु भनेर मल्होत्रा र छत्र गिरीको नाम प्रसाईमार्फत् घोषणा गरी ब्ल्याकमेलिङ समेत गर्न थालेको आरोप छ ।

    त्यसो त सुवास संघाई र पुरुषोत्तमलाल संघाईले ईलाम र झापाको हजारौँ बिघाको चिया बगान २०५७ मा लिएर न त सम्झौता अनुसार सरकारलाई बुझाउनुपर्ने रकम बुझाएका छन् न त मजदुरलाई तलब दिएका छन् । उनीहरूको नाम भने दुर्गा प्रसाईको सूचीमा नभएकाले प्रतिशोध साँध्ने नियतका रूपमा बुझ्न थालिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार