Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्दै दुर्गा प्रसाई, आन्दोलनका कार्यक्रम पनि घोषणा हुने

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले आज वार्षिकोत्सव मनाउँदै छ । काठमाडौंको भृकुटीमण्डममा कार्यक्रम गरी अभियानले वार्षिकोत्सव मनाउन लागेको हो ।

कार्यक्रमका लागि अभियानले देशका विभिन्न भागबाट सहभागी बोलाएको छ । सभामा सहभागी हुन प्रसाईंले विभिन्न राजनीतिक दलका नेताहरूलाई निम्ता दिएका छन् ।

तर, प्रमुख दलका नेताहरू कार्यक्रममा सहभागी हुन सम्भावना भने न्यून छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि निम्तो दिइएको थियो । तर, पूर्वराजा शाह चितवनमा छन् ।

यसअघि गत मंसिर ७ गते काठमाडौं केन्द्रित प्रदर्शन गरेको अभियानले यसपालि भने सभा मात्रै गर्ने भएको छ । आजको कार्यक्रममा अभियानले विभिन्न चरणका प्रदर्शनका कार्यक्रम पनि सार्वजनिक गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077