Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वैदेशिक रोजगारीको प्रलोभन देखाइ लाखौं रकम ठगी गर्ने तीनजना प्रहरी फन्दामा

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाइ रकम ठगी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार जापान पठाउने भनी पटक पटक गरी ३५ लाख ५० हजार रुपियाँ ठगी गरी सम्पर्कविहीन रहेका ३७ वर्षीय पुरुषोत्तम अधिकारी पक्राउ परेका छन् ।

स्थायी घर मकवानपुर भई ललितपुर सानेपा बस्ने अधिकारीले रिता मल्ल समेत छ जनालाई जापान जान आठ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक दुई लाख रुपियाँ तलब हुन्छ भनी प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।

यस्तै, दुबई पठाउने भनी तीन लाख रुपियाँ ठगी गर्ने ६१ वर्षीय डुल बहादुर खड्का पक्राउ परेका छन् । स्थायी घर सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ४ भई हाल ललितपुर महालक्ष्मी नगरपालिका बस्ने खड्काले सुमन केसी समेतलाई दुबई जान प्रतिव्यक्ति छ लाख ५० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक तलब ९० हजार रुपियाँ हुन्छ भनी प्रलोभनमा पारेका थिए ।

यस्तै खाडी मुलुक पठाउने र आकर्षक तलब हुन्छ भनी पीडितहरूबाट रकम लिई सम्पर्कविहीन बनेका ४९ वर्षीय सुन्दर श्रेष्ठ पक्राउ परेका छन् । उनीहरूलाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077