Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोर्चुगल पठाइदिन्छु भनी १८ लाख ठगी गरेको आरोपमा महिला पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

दाङको घोराही उपमहानगरपालिका–१२ घर भई हाल काठमाडौंको सामाखुशी बस्ने वर्ष ३० की मन्जु रावत घर्ती १८ लाख रुपियाँ रकम ठगी गरेको आरोपमा पक्राउ परेकी हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार घर्तीले पोर्चुगल जान प्रतिव्यक्ति १५ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तलब एक लाख ५० हजार रुपियाँ हुन्छ भनी राजिव बस्नेत समेत ३ जनालाई विश्वास दिलाएकी थिइन् ।

उनले पीडितहरूबाट पटक पटक गरी १८ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएकी थिइन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ २५ गते नयाँबानेश्वरबाट पक्राउ गरेको हो । थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077