Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अफताब आलमसहितको मुद्दा न्यायाधीश आचार्यको इजलासमा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री विरुद्धको मुद्दामा जिल्ला अदालत रौतहटमा आज अन्तिम सुनुवाइ हुने भएको छ ।

४ वर्ष पुरानो मुद्दाको अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकिएको हो । सुनुवाइका लागि मुद्दाको पेशी न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा तोकिएको छ ।

यसअघि पुस २९ गते सुनुवाइका लागि पेशी तोकिए पनि न्यायाधीश अभाव हुँदा सो दिन मुद्दा स्थगनको सूचीमा राखिएको थियो।

त्यसअघि आलमको मुद्दामा जिल्ला अदालत रौतहटले लिखित ‘बहस नोट’ मागेको थियो। । न्यायाधीश बाबुकाजी बानियाँको इजलासले लिखित बहस नोट मागेको हो ।

संविधानसभा निर्वाचनमा धाँधलीका लागि ल्याएको बम २०६४ चैत २७ गते आलमका काका शेष इद्रिसको गोठमा विष्फोट भएको थियो । सोही विष्फोटका घाइते तथा मृतकलाई इँटाभट्टामा लगेर जलाएको उनीमाथि आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077