Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विनोद चौधरीविरुद्ध मोहन वैद्यनिकट विद्यार्थीले गरे प्रदर्शन

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले उद्योगी विनोद चौधरीविरुद्ध प्रदर्शन गरेको छ।

चौधरी समूहले बाँसबारी छाला जुत्ता कारखानाबाट गैर–कानुनी रूपमा जग्गा हडपेको भन्दै चौधरीविरुद्ध प्रदर्शन गरेको हो ।

चौधरी समूहले हडपेको १० रोपनी जग्गामा सञ्चालित सीजी चाँदबाग स्कुललाई राष्ट्रियकरण गर्न माग अखिल क्रान्तिकारीको माग छ ।

बिहीबार चाँदबाग स्कुल अगाडि प्रदर्शन गर्दै उक्त स्कुल र सीजी ग्रुपलाई तत्काल राष्ट्रियकरण गर्न माग गरेको हो ।

ग्रुपका अध्यक्ष चौधरीलाई तत्काल गिरफ्तार गर्न समेत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077