Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

अछाम । अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको मेल्लेख गाउँपालिका ३ ठाटीमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको हो ।

बुधबार साँझ ५ः३० बजे दुई छानामा आगलागी हुँदा ठाटीका नन्द बुढाकी छोरी ६ वर्षीया निरुता बुढा र जगत बुढाका ३ वर्षीय छोरा अंकित बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छानोमा बालेको आगो केटाकेटीले खेलाउँदा पाखोमा सल्किएर आगलागी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077