Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चित्रबहादुर केसीले भने - संघीयता बोक्नेहरूलाई पनि प्रदेश घाँडो भएको छ

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता बोक्नेहरूका लागि नै प्रदेश घाँडो भएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । अध्यक्ष केसीले जनमोर्चाले सुरूवातदेखि नै प्रदेश आवश्यक नरहेको बताउँदै आएको र अहिले संघीयता बोक्नेहरूका लागि पनि प्रदेश घाँडो भएको बताए।

उनले नेपालजत्तिको सानो अर्थतन्त्र भएको मुलुकमा संघ र स्थानीय तहमात्रै भए पुग्ने बताए।

अध्यक्ष केसीले भने,‘संघ भएपछि प्रदेश किन चाहियो। राजनीतिक दलका पार्टी र कार्यकर्तालाई थन्क्याउन ठाउँ त भा’छ । यसले मुलुकको अर्थतन्त्र चौपट छ । प्रदेशको औचित्य छैन भनेर राष्ट्रिय जनमोर्चाले राख्यो। तर अहिले सबैका मनमा बिजाएको छ । प्रदेश घाँडो भएको छ। संघीयता बोक्नेहरुलाई पनि अहिले प्रदेश घाँडो भाछ।’

उनले सांसदहरू विकासका एजेन्ट भएको बताए। उनले सांसदहरूको व्यवहारका कारण पनि नागरिकहरूमा वितृष्णा पैदा भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077