Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यही अवस्थामा देश चल्न सक्दैन, नयाँ सम्झौता गरौं : राजेन्द्र लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङ्देनले देशमा भ्रष्टाचार र लुटतन्त्र मौलाएको आरोप लगाएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष समेत रहेका लिङ्देनले यस्तो बताएका हुन् ।

सरकारले सुशासन र प्रगतिका कुरा गरेपनि देशमा भ्रष्टाचार र लुटतन्त्रमात्रै देखिएको अध्यक्ष लिङ्देनको भनाइ छ।

अध्यक्ष लिङ्देनले भने,'यही निर्वाचन प्रणाली,यही नियुक्ति प्रणाली, यही ऐन निर्माण गर्ने विधिबाट हामीले अपेक्षा गरेको परिवर्तन संभव छैन मात्रै होइन कुनै हालले देश अगाडि बढ्न सक्दैन। यो कुरा राप्रपाले मात्रै होइन यो उत्कृष्ट व्यवस्था हो भनेर ल्याउने र लड्ने सबैले स्वीकार गरिसकेका छन्। त्यसैले म आग्रह गर्छु तपाईंले परिवर्तनको नाममा जे व्यवस्था निर्माण गर्नुभयो यो गणतन्त्र होइन। अहिले जनताले गणतन्त्रलाई लुटतन्त्र हो भनेर भन्ने गरेका छन्।'

अध्यक्ष लिङ्देनले मुलुकलाई अघि बढाउन नयाँ सम्झौताकासाथ अघि बढ्न सुझाव समेत दिए।

मुलुकमा भ्रष्टाचार र वेरोजगारी बढ्नुमा हामीले नै अबिलम्बन गरेको प्रणाली दोषी रहेको उनको भनाइ छ।

उनले कसैलाई निषेध गरेर मुलुकलाई अगाडि बढ्न सक्दैन भन्ने कुरा प्रमाणित भइसक्यो धारणा व्यक्त गरे।

उनले आफ्नो अहमतुष्टिका लागि देशलाई बन्धक नबनाउन समेत आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077