Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भ्रष्टाचार र लुटमा मात्रै देश अघि बढिराखेको छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश भ्रष्टाचार र लुटमा मात्रै अघि बढेको बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

अध्यक्ष लिङ्देनले भने,‘भ्रष्टाचार र लुटमा मात्रै अगाडि बढिराखेको छ । भ्रष्टाचार कहाँ छ भने खोज्ने होइन, कहाँ भ्रष्टाचार छैन भनेर खोज्नुपर्ने अवस्थामा देश छ। तर सरकार सुशासन र प्रगतिका कुरा गर्छ।’

गणतन्त्र आएपछिका सरकारहरूका पालामा भ्रष्टाचार बढेको अध्यक्ष लिङ्देनले दाबी गरे।

एनसेल, टेरामक्स लगायतमा अनियमितता भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077