Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गठबन्धन सरकारले अझै लय समात्न सकेको छैन : गगन थापा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले सरकारले अझै पनि लय समात्न नसकेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले जनतामा विश्वास गुम्दै गएको बताए।

महामन्त्री थापाले अहिले अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति विश्वास गुम्दै गएको पाइएको बताए ।

महामन्त्री थापाले भने, 'संसद र सरकारले आआफ्नो जिम्मेवारी निर्वाह गरौँ, साना साना कामहरू गरौँ, त्यसले आम आम नागरिकहरूले केही परिवर्तन भएको महसुस गर्छन्, टुटेको भरोसालाई जागृत गराउँछ। कता कता मनभित्र चिन्ता लागेको छ एउटा भरोसा गुम्दै गइरहेको छ। मैले घुम्दै गर्दा अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति विश्वास गुम्दै गएको अवस्था छ। यो डरलाग्दो छ।'

उनले जनतामा गुम्दै गइरहेका विश्वासलाई पुनर्स्थापित गर्नुपर्ने जिम्मेवारी सबैको भएको बताए ।

सरकारले कतिपय कमजोरीलाई स्वीकार गरेर नयाँ गर्ने संकल्प गरेपनि अझै लय भने समात्न नसकेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077