Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रक्षामन्त्री खड्काको दाबी - सेनाले सञ्चालन गरेका विकास आयोजनाको प्रगति सन्तोषजनक छ

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षामन्त्रालय र नेपाल सेना अन्तर्गत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामध्ये अधिकांश आयोजनाको प्रगति सन्तोषजनक रहेको दाबी गरेका छन् ।

आइतबार रक्षा मन्त्रालयमा बसेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक समीक्षा बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले अधिकांश योजनाको प्रगति सन्तोषजनक रहेको र काम हुन नसकेका कार्यक्रमलाई चालु आबको बाँकी अवधिमा थप मेहनत गरी लक्ष्य हासिल गर्न सम्बन्धित आयोजना प्रमुखलाई निर्देशन दिए ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई मधेस द्रुतमार्ग निर्माणलाई गुणस्तरीय ढङ्गले निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित प्राविधिकले स्थलगत अनुगमन र निरीक्षण बढाउनुपर्ने उपप्रधानमन्त्री खड्काको भनाई छ ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा राष्ट्रिय योजना आयोगलगायतका पदाधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077