Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

महाधिवेशनको मिति एक वर्ष थप्ने नेपाल समाजवादी पार्टीको निर्णय

काठमाडौँ । नेपाल समाजवादी पार्टीले महाधिवेशनको मिति एक वर्ष थप्ने निर्णय गरेको छ ।

शनिवार बसेको नेसपा केन्द्रीय समितिको बैठक सो निर्णय गरेको हो ।

बैठकले रिक्त रहेको २१ केन्द्रीय सदस्यहरूलाई अद्यावधि गरी निर्वाचन आयोगलाई बुझाउने र महाधिवेशनको तयारीमा लाग्ने निर्णय समेत गरेको छ ।

साथै पार्टी एकताको प्रक्रियालाई सँगसँगै अगाडि बढाउने निर्णय समेत बैठकले गरेको बताइएको छ ।

केन्द्रीय समितिका निर्णय अनुमोदनका लागि आइतबार १२ बजे केन्द्रीय कार्यकारिणी समिति बैठक बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077