सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हरेक भ्रष्टाचार कान्डमा ठूला दलहरुको संलग्नता रहेको आरोप लगाएका छन् ।
शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुपाल्चोकको जिल्ला अधिवेशनलाई सम्वोधन गर्दै उनले सो आरोप लगाएका हुन् ।
उनले हरेक भ्रष्टाचार कान्डमा ठूला दलहरुको संलग्नता रहेको बताउँदै तीन दशकदेखि ठुला दलहरुकै कारण देशको अर्थतन्त्र धरासयी भएको आरोप लगाए ।
अन्य दलहरु देख्दा फरक देखिएपनि भ्रष्टाचार गर्ने सवालमा एक ठाउँमा उभिने गरेको उनको आरोप छ।
ठूला दलहरुकै कारण नेपालमा झन् गरिबी बढ्दै जाने र जनशक्ति पलायन हुँदै जाने क्रम नरोकिएकाले अब आफ्नो पार्टीले हस्तक्षपकारी भूमिका खेल्ने उनको भनाई छ ।
Leave a Reply