Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जबजको विरोध गर्नेहरू कम्युनिस्ट हुन सक्दैनन् : माधव नेपाल

दाङ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्तमा चलेको बताउँदै जबजको विरोध गर्नेहरू कम्युनिस्ट हुन नसक्ने बताएका छन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर १ देउखुरीमा पार्टीको भेलामा उनले जबजको सान्दर्भिकता आगामी दिनमा अझै बढ्दै जाने बताए ।

एकीकृत समाजवादी पार्टी सधैँ जनताको पक्षमा रहेको बताउँदै उनले देश तथा विदेशमा पनि पार्टीमा आकर्षण रहेको जिकिर गरे । उनले समाजवादी जागरण अभियानले समाजमा भावनात्मक सम्बन्ध कायम गर्ने बताए ।

पूर्वमन्त्री एवं दाङ क्षेत्र नं १ का सांसद मेटमणि चौधरीले गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनको विकल्प नरहेको बताए । गठबन्धन कमजोर पार्न केही शक्तिले निकै बल गरे पनि उनीहरू निरन्तर असफल भइरहेको उनको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077