Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्रलाई भेटेपछि दुर्गा प्रसाईँले भने - धैर्य गर्नुस्, भ्रष्ट नेताबाट देशले छिट्टै निकास पाउँछ

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँ पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।

प्रसाईंले आज बिहान पूर्वराजा ज्ञानेन्द्रसँग भेटेपछि सामाजिक संञ्जाल फेसबुकमा देशले छिट्टै निकास पाउने बताएका हुन् ।

उनले लेखेका छन्, ‘श्री ५ महाराजधिराज सरकार संगको अर्थपूर्ण भेट । लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरुले र भ्रष्ट नेताबाट प्रताडित देशले छिट्टै निकास पाउनेछ । धैर्य गर्नुहोला ।’

हिजोमात्रै प्रसाईंले अभिनेत्री मनिषा कोइरालासँग भेटवार्ता गरेका थिए । काठमाडौंमा एक चरण कडा आन्दोलन गरेर सुस्ताइरहेका प्रसाईं मनिषासँगको भेटपछि उत्साही बनेपछि आज पूर्वराजासँ भेटवार्ता गरेको हुन्। प्रसाईँले आउँदो फागुन १ गते काठमाडौँकेन्द्रित कार्यक्रम गर्दै छन्।

आफ्नो अभियान एक वर्ष पुग्न लागेको अवसर पारेर उनले गर्ने कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रलाई समेत निम्त्याउने उनको प्रयास छ। त्यही कार्यक्रममा निम्ता दिन उनले आज भेटेको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077