Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिनियाँ उपमन्त्री सुन र राजनीतिक दलका नेताहरूबीच छलफल

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हेयानले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेकी छन् ।

नेपाल भ्रमणमा रहेकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री हेयान नेतृत्वको प्रतिनिधि मण्डलले नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेको हो ।

छलफलमा दुई देशबिच सम्बन्ध बिस्तार, सहयोग आदानप्रदान, सहकार्य लगायत विषयमा छलफल भएको छ ।

छलफलमा कांग्रेसबाट नेता डा.शेखर कोइराला, एमालेका महासचिव शङ्कर पोखरेल, माओवादी केन्द्रका महासचिव देव गुरुङ, राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्याल लगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी छन् ।

यसअघि सुनले प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख दलका शीर्ष नेताहरूसँग भेट गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा चासो तथा दुई पक्ष हितको विषयमा छलफल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077