Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निषेध र प्रतिशोधको राजनीतिले देश कमजोर भयो : रवीन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले निषेधको राजनीतिले नेपाल कमजोर बनेको दाबी गरेका छन् ।

राप्रपानिकट प्राज्ञिक परिषद्को कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले यस्तो बताएका हुन् ।

वरिष्ठ उपाध्यक्ष मिश्रले राजासहितको नवीन समझदारीका लागि २०४७ सालको संविधानलाई आधार बनाउन सुझाव दिए।

वरिष्ठ उपाध्यक्ष मिश्रले भने,'आज देशका कुनै पनि संस्थाहरूले राष्ट्रियताको पक्षमा बोल्ने जनशक्ति निर्माण गरेनन् । सबैतिर झोलेहरूको बोलवाला भयो । निषेधको राजनीति असफल भइसकेको छ । अब २०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा जानुपर्छ ।  हामी नवीन समझदारीमा गएनौँ भने गएको १५ वर्षमा जसरी राष्ट्रियता कमजोर भयो, हामीपछिको पुस्ता कोही पनि नेपालमा बस्न नचाहने भइसक्नेछ ।'

उनले त्यो बाटोमा नगई सुख नहुने दाबी समेत गरे। वरिष्ठ उपाध्यक्ष मिश्रले २०४७ सालको संविधानमा टेकेर २०७२ को संविधानका समेत राम्रा पक्ष समेटिएको नवीन समझदारी देशले खोजेको बताए ।

उनले त्यसो नगरे नेपाल थप ओह्रालो लाग्ने दाबी गरे । वरिष्ठ उपाध्यक्ष मिश्रले अहिलेको पुस्तालाई राष्ट्रियताबारे लघुताभाषी बनाउन खोजिएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077