Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मध्यपुर ठिमी नगरपालिका ४ एसएस चोकमा बा ३ क १७४५ नम्बरको टिप्परले ठक्कर दिँदा प्रदेश २–०३५ प ८०८३ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको बलेफी–५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको हो।

मध्यपुर अस्पतालमा उपचारको क्रममा राति ९ बजेर ५३ मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ ।

टिपर चालक मकवानपुरको मनहरी गाउँपालिका १ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३५ वर्षीय बोलमान वाईवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077