Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचनमा कोशीबाट कांग्रेसका सिटौला निर्वाचित

विराटनगर । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन्।

कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमाले-राप्रपा गठबन्धनबाट उम्मेदवार भएका उद्धव पौडेललाई पराजित गरेका हुन्।

२ जना प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हालेपनि स्थानीय तह तर्फबाट भने उनले मत पाउन सकेनन्।

उनले स्थानीय तह तर्फबाट भने १०९ जनाको मात्रै मत पाए। राष्ट्रियसभाको अध्यक्ष बनाउने गरि सिटौलालाइए कोशीबाट उम्मेदवार बनाइएको थियो ।

उनलाई प्रदेश सभा सदस्य मध्ये ४५ जनाले मात्रै मत हाले । उनका प्रतिस्पर्धी राप्रपाका उद्धव थापालाई भने ४७ जनाले मत हालेका छन् ।

कोशी प्रदेश सभामा सत्ता गठबन्धनका ४७ जना प्रदेश सभा सदस्य छन् । राप्रपा र एमालेको भने ४५ जना मात्रै छन् । एक जनाको मत भने बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077