Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोशीमा गठबन्धनबाट फ्लोर क्रस, पछि परे सिटौला

विराटनगर । कोशी प्रदेशमा प्रदेशसभातर्फको मतगणना सकिएको छ । पुरुष क्लस्टरमा भएको निर्वाचनको मत गणनाअनुसार राप्रपाका उद्धव पौडेलले प्रारम्भिक मतगणनामा अग्रता बनाएका छन् ।

९३ प्रदेशसभा सदस्यको मतगणना हुँदा काङ्ग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए ।

प्रदेशसभा तर्फ महिलामा एमालेकी रुक्मिणी कोइरालाले ४९ र माओवादीकी चम्पा कार्कीले ४४ मत पाएका थिए ।

महिलातर्फ मतगणना सकिएको छ र एमाले उम्मेदवार कोइराला निर्वाचित भइसकेकी छन् ।

राष्ट्रियसभा चुनावमा सहकार्य गरेका एमाले र राप्रपाका गरी कोशी प्रदेशसभामा ४६ सांसद छन् । सत्ता गठबन्धनमा भने ४७ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077