Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमबाट राष्ट्रियसभामा गठबन्धनका उम्मेदवार विजयी

धनगढी । राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् ।

सुदूरपश्चिमका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनैजना निर्वाचित भएका हुन् ।

महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मत पाइन् ।

अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए । उनले ४ हजार ४१९ मत पाए ।

त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७ मत पाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077