Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गण्डकीबाट खुलातर्फ कांग्रेसका किरणबाबु विजयी

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा गण्डकीबाट खुलातर्फ गोरखाका किरणबाबु श्रेष्ठ निर्वाचित भएका छन्।

श्रेष्ठले ३ हजार ८ सय ८ मत मत पाएर निर्वाचित भएका हुन्। उनले स्थानीय तहका १ सय जना प्रमुख तथा उपप्रमुख र प्रदेश सांसद ३६ जनाले मत दिएर निर्वाचित गराए।

श्रेष्ठका विपक्षी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मतभार पाए। पराजुलीलाई स्थानीय तहका ६९ जना प्रमुख तथा उपप्रमुखले मत दिए भने प्रदेश सभाका २२ जना सांसदले मत दिएका थिए।

खुलातर्फ सत्ता गठबन्धनका १ जना स्थानीय जनप्रतिनिधीले भोट क्रस गरेर एमाले उम्मेदवारलाई मत दिएका थिए।

राप्रपाबाट खुलातर्फ उम्मेदवार बनेका रोमबहादुर भण्डारीले २ जना प्रदेश सांसदको मात्र मत पाएका थिए । उनको मतभार १ सय ६ मतभार पाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077