Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोशी प्रदेशमा गठबन्धनबाट 'फ्लोर क्रस', एमालेकी रूक्मिणी विजयी

विराटनगर । कोशीमा राष्ट्रियसभा निर्वाचनमा भोट क्रस भएको खुलेको छ ।

कोशीमा एमालेकी उम्मेदवार रुक्मिणी कोइराला विजयी भएकी छन्। उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन्।

उनको प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन्। कार्की माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार भएकी थिइन्।

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका मतदाताले 'फ्लोर क्रस' गरेसँगै एमालेकी कोइराला विजयी भएकी हुन्।

कोइरालालाई सत्ता गठबन्धनका ३ सांसदले फ्लोर क्रस गरे । ९३ मध्ये उनलाई ४९ जनाको मत आएको छ । यस्तै स्थानीयत तहका १३१ जनाले मत हालेका छन् । स्थानीयतर्फका १६ जनाले फ्लोर क्रस गरेका छन् ।

प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । तर, उनले आफ्नो गठबन्धनभन्दा बाहिरको मत ल्याएकी हुन् ।

कोइरालालाई ४९ जनाले मत दिँदा सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई ४४ जना सांसदले मत दिएका छन् । कोशीमा सत्ता गठबन्धनका ४७ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077