Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेशबाट सत्ता गठबन्धनका आनन्द र पूजा चौधरी निर्वाचित

जनकपुरधाम । राष्ट्रियसभा सदस्य चुनावमा मधेश प्रदेशबाट सत्ता गठबन्धनका आनन्द ढुङ्गाना र पूजा चौधरी निर्वाचित भएका छन् ।

अन्य समूहतर्फ निर्वाचित ढुङ्गाना नेपाली कांग्रेस र महिला समूहतर्फ निर्वाचित चौधरी जसपाकी हुन् । ढुङ्गाना धनुषा र चौधरी पर्साकी हुन् ।

कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाए भने जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याएर निर्वाचित भए ।

एमालेका तर्फबाट उषादेवी थरुनी र बिजेता झा उम्मेदवार थिइन् । जनमत पार्टीले भने अन्यमा रामाशंकर महासेठलाई उम्मेदवार बनाएको थियो ।

राष्ट्रिय सभाको निर्वाचनमा मधेशको १ सय ३६ पालिकाको सतप्रतिशत र प्रदेशसभाका १ सय ७ जना सांसदमध्ये १ सय ६ जनाले मतदान गरेका थिए ।

लोसपाका सांसद अभिराम शर्माले मत खसालेनन् । मधेशमा कुल मतभार १० हजार ८ सय ३९ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077