Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजेन्द्र लिङ्देनको आरोप - क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बन्यो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले धर्मविहीन राष्ट्रियता र राजनीति हुन नसक्ने बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित नीलप्रसाद भण्डारी स्मृति पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले मत नसच्याएसम्म हिन्दु राष्ट्र, हिन्दु धर्म र हिन्दु अधिराज्यको माला जपेर मात्रै हिन्दु राज्य नबन्ने बताए । यस्तै उनले क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष बनेको आरोप लगाए ।

देशमा धर्म निरपेक्ष आउनुमा कम्युनिस्ट, कांग्रेस लगायतका पार्टी र नेताहरुभन्दा बढी दोषी बाहुनर क्षेत्र र हिन्दु भन्नेहरु नै रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077