Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

उपमहासचिव वर्षमानले भने – एमाले राप्रपालाई बोकेर सिटौला हराउने चलखेलमा लाग्यो

विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले निरंकुश राजतन्त्रको एजेण्डा बोकेर हिँडेको राप्रपासँग साँठगाँठ नगर्न एमालेलाई आग्रह गरेका छन् ।

कोशी प्रदेशमा सत्ता गठबन्धनले खडा गरेका राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार र मतदाताबीच सोमबार विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

उनले परिवर्तन विरोधी शक्तिसँगको सहकार्यले एमाले नेतृत्वमाथि शंकाको वातावरण निर्माण भएको बताए ।

उनले एमाले नेतृत्वले निरंकुशतन्त्रका हिमायतीलाई बोकेर हिंड्नु लोकतन्त्रप्रतिको उपहास भएको आरोप उनले लगाए ।

कोशी प्रदेशमा एमालेले राष्ट्रिय सभा निर्वाचनमा राप्रपा उम्मेदवारलाई समर्थन गर्न लागेको सूचना आफूले पाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077