Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साढे दुई वर्षपछि धुम्बाराहीबाट बुढानीलकण्ठ फर्किए देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो निजी निवास बुढानीलकण्ठ फर्किएका छन् ।

बुधबार विहान साढे १० बजे देउवा धुम्बाराहीमा रहेको भाडाको निवासबाट आफ्नो निजी निवास फर्किएका हुन् ।

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि देउवा २०७८ पुस १३ मा धुम्बाराही सरेका थिए ।

त्यसअघि ०७८ असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देउवा साउनदेखि बालुवाटार सरेका थिए ।

देउवा दम्पतीले निजि निवासमै बुहारी भित्र्याउने तयारी गरेका छन् ।

देउवापुत्र जयवीरको माघ २१ गते शिवाना श्रेष्ठसँग विवाह हुँदैछ । उनीहरुको गत जेठ १ गते ईंगेजमेन्ट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077