Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तुलसीपुरको प्लास्टिक गोदाममा आगलागी

दाङ । तुलसीपुर बजारको अरनिको मैदान नजिकै रहेको एक गोदाम घरमा सोमबार राति साढे आठ बजेतिर आगलागी भएको छ।

तुलसीपुर-५ का व्यवसायी प्रमोद सोनीको प्लास्टिक गोदाम घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

आगलागी भएलगत्तै तुलसीपुर उपमहानगरपालिकाको दमकल र पानी ट्यांकरको सहायताले आगो निभाउने प्रयास भइरहेको छ।

गोदाम नजिकका घरमा रहेकाहरूलाई सुरक्षाकर्मी र स्थानीयको सहयोगमा सुरक्षित रूपमा बाहिर ल्याइएको छ। आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077