Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नारायणगढ-मुग्लिङ सडक दैनिक ४ घण्टा बन्द हुने

काठमाडौं । नारायणगढ-मुग्लिङ सडक खण्ड माघ २० गतेसम्म दैनिक ४ घण्टा बन्द हुने भएको छ।

गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द गरी काम हुँदै आएकोमा थप तीन हप्ता बन्द गरिने भएको हो।

सो खडक खण्डमा निर्माणाधिन पुलहरूमध्ये बाँकी रहेको तुइन खोलापुलमा पुलको जग र एप्रोच सडकको लागि कडा चट्टानी पहाड फुटाइ पुन: निर्माण कार्य सूचारु गर्नुपर्ने भएकाले सडक आजदेखि दिउँसो १२ बजेदेखि ४ बजेसम्म पूर्ण बन्द हुनेछ।

काठमाडौंबाट जाने यात्रुवहाक सावरी साधनलाई मुग्लिङ बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखराबाट आउने सवारी साधानलाई बेनीटारादेखि पावरहाउससम्म बिहान ११:५५ बजेसम्म सञ्चालन हुनेछन्।

तोकिएका स्थानमा रोकिएका सबै सवारी साधनहरूलाई भने अपरान्ह ४ बजेमात्रै छोडिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077