Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मालदिभ्सका राष्ट्रपति मैजूले भने - सानो देश हुनुको मतलब कसैले हेप्नुको लाइसेन्स होइन

एजेन्सी । मालदिभ्सका राष्ट्रपति महोमद मैजूले मालदिभ्सको आकार सानो हुनुको अर्थ उसलाई हेप्ने लाइसेन्स नभएको बताएका छन्।

भारतसँगको तनाव बढिरहेको बेला राष्ट्रपति मैजूले यस्तो भनेको हुन् । मालदिभ्सको भेलेना अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको राजकीय भ्रमण सकेर ओर्लेर मैजूले पत्रकारहरूसँग आधा घण्टा भएको कुराकानी गर्दै यस्तो बताए।

उनले आफ्नो कुराकानीको बिट मार्दै अंग्रेजी भाषामा भनेका थिए,‘हामी सानो हौँला तर त्यसको मतलब तिमीले हामीलाई हेप्ने लाइसेन्स पाउनु होइन।’

राष्ट्रपति मैजूले भारतसँगको समस्या बढेसँगै भारतको सहयोग पनि नलिने संकेत गर्दै भारतको सहयोगमा चलेको एयर इम्बुलेन्सलाई हटाएर मालदिभ्सकै ध्वजावाहकबाट त्यो काम सुरु गर्ने बताएका छन् ।

आगामी मार्च १ बाट भारतीय एयर एम्बुलेन्स प्रयोग बन्द हुने उनले बताएका छन् । चीनसँग दिगो खाद्य सुरक्षाको कुरा पनि अगाडि बढेको उनले बताएका छन् । खाद्य आयातको लागी टर्कीसँग सम्झौता भएको भन्दै उनले आगामी महिनाबाट त्यो सुरु हुने बताएका छन् ।

यस्तै, भारतबाट मात्रै एकाधिकारको रूपमा आउने औषधीको खपत कम गर्न युरोप र अमेरिकाबाट सिधै औषधि खरिद गर्ने पनि उनले बताएका छन् ।

मालदिभ्समा भएका भारतीय सैनिकहरूलाई हटाउने ‘इन्डिया आउट’ नारा लिएर चुनाव जितेका मैजूले मालदिभ्सका राष्ट्रपतिको पहिलो राजकीय भ्रमण भारत गर्ने परम्परा पनि तोडेका छन् । उनले पहिलो राजकीय भ्रमण टर्की गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077