Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पृथ्वी जयन्तीका अवसरमा सिंहदरबार अगाडि राप्रपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३०२ औँ पृथ्वी जयन्तीका अवसरमा र्‍याली प्रदर्शन गरेको छ ।

शुक्रवार राजधानीको भृकुटीमण्डपबाट सिंहदरबारस्थित पृथ्वी नारायण शाहको सालिक अगाडिसम्म राप्रपाले प्रदर्शन गरेको हो ।

र्‍यालीपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए ।

र्‍यालीमा राप्रपाका नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सहभागीहरूले पृथ्वीनारायण शाहको वाणी लेखिएका ब्यानर र प्लेकाड बोकेका थिए भने परम्परागत कलाहरु पनि प्रस्तुत गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077