Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाल समाजवादी पार्टीले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । नेपाल समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी र केन्द्रीय समितिको बैठक  बोलाएको छ ।

विधान संशोधन र अनुमोदनको लागि माघ १९ गते केन्द्रीय कार्यकारिणी र २० गते केन्द्रीय समिति बैठक बोलाएको हो ।

केन्द्रीय समिति बैठकले संशोधित विधान अनुमोदन गर्नेछ।

यसअघि मङ्सिर ६ गते बसेको केन्द्रीय समिति बैठकले विधान संशोधनका लागि वकिल कृष्ण शर्मा र हरिन्द्र यादव रहेको दुई सदस्यीय मस्यौदा समिति गठन गरेको थियो ।

मस्यौदालाई अन्तिम रूप दिन यादवसहित सहअध्यक्ष गंगा श्रेष्ठ, उपाध्यक्ष हिसिला यमिलाई जिम्मा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077