Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षा समितिको बैठकमा तोसिमा कार्कीको प्रश्न - विद्यालयबाट नैतिक शिक्षा किन हटाइयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले विद्यालय तहबाट नैतिक शिक्षा किन हटाइएको भन्दै प्रश्न गरेकी छन्।

संसद्को शिक्षा समिति बैठकमा बोल्दै सांसद कार्कीले यस्तो बताएकी हुन् । सांसद कार्कीले राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रलाई मोरल एजुकेसन किन हटाइएको भन्दै प्रश्न गरिन् ।

सांसद कार्कीले भनिन्, ‘मैलै पढ्दा कक्षा ५ मा नै मोरल साइन्स पढेको थिए। मान्छेलाई नैतिक बनाउन त्यो नैतिक शिक्षा निकै महत्त्वपूर्ण छ। यो किन हटाइयो ? फेरि राख्न खोजिएको छ कि नाइँ ?’

सरकारी र निजी विद्यालयमा एउटै खालको पाठ्यक्रम किन लागू हुन नसकेको भन्दै उनले प्रश्न गरिन्। विद्यार्थी आफैँमा शिक्षक, नर्स, डाक्टर भएको भन्दै योबारे समेत शिक्षा दिनुपर्ने बताइन्।

बच्चालाई सानै उमेरमा ट्राफिक शिक्षाका बारेमा जानकारी दिनुपर्ने भन्दै त्यो पाठ्यक्रममा नै समावेश गर्नुपर्नेमा जोड दिइन्।

सानै उमेरमा बच्चाहरूलाई अपाङ्गताका कुरा, नैतिक शिक्षाबारे अति आवश्यक रहेको उनको भनाइ छ।

कक्षा १० पास गरिसकेपछि विद्यार्थीहरूलाई स्वदेशमै भविष्य छ भन्ने विश्वास दिलाउन सक्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077