Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनलाइन नेपालको समाचारप्रति सांसद शाहीको आपत्ति

काठमाडौं । अनलाईननेपाल डटकम प्रकाशित समाचारप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आपत्ति जनाएका छन् ।

अनलाइन नेपालमा सोमबार, २३ पुष २०८० मा ‘ज्ञानेन्द्र शाहीले मकाउमा भेटेका ठगी र हुण्डीका नाइके कुँवर यसरी परे सिआईबीको फन्दामा’ शिर्षकमा प्रकाशित समाचारप्रति सांसद शाहीले आपत्ति जनाएका हुन् ।

शाहीले मकाउमा रहँदा ठगी र हुण्डीका नाइके सफलराज कुँवरलाई भेटेको तस्विर अनलाइन नेपालमा प्रकाशित भएको थियो । उक्त तस्विर ‘अन्जान व्यक्तीले भेटमा खिचेको फोटो’ भन्दै शाहीको सचिवालयले प्रष्टिकरण दिएको छ ।

अनलाइन नेपालको इमेलमा शाहीको सचिवालयबाट आएको खण्डनमा समाचार सरासर झुटो रहेको उल्लेख गरिएको छ । उक्त खण्डनमा समाचारमा उल्लेख भएका दुईवटा बुँदा तथ्यहिन भएको उल्लेख गरिएको छ ।

 

यस्तो छ शाहीको सचिवालयबाट आएको खण्डन

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077