Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दूरसञ्‍चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोतत्तम खनालको राजीनामा स्वीकृत गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले प्राधिकरणका अध्यक्षको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालेले प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न सञ्चार मन्त्रालयको सचिवको संयोजकत्वमा समिति गठन गर्ने र तत्कालका लागि प्राधिकरण सदस्य नवराज अधिकारीलाई कार्यवहाक अध्यक्ष तोक्ने निर्णय भएको बताइन्।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिद लगायतका विषयमा अनियमितामा संलग्न भएको आरोप लागेपछि प्राधिकरणका अध्यक्षले आज पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077