Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विपिन जोशीको तत्काल उद्धार गर्न माग गर्दै जावलाखेलमा प्रदर्शन

काठमाडौं । इजरायलमा जारी युद्धमा प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशीको रिहाइको माग गर्दै युवाहरूले प्रदर्शन गरेका छन् ।

आइतबार ललितपुरको जावलाखेलमा युवाहरूले जोशीको जन्म दिनका अवसरमा रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन् ।

हमासको नियन्त्रणमा रहेको भनिएका जोशी सम्पर्कबिहीन भएको तीन महिना बितेको छ।

हमासले नियन्त्रणमा लिएका केही विदेशीहरूलाई रिहा समेत गरिसकेको छ। तर जोशीको रिहाइ नभएपछि युवाहरूले प्रदर्शन गरेका हुन् ।

ललितपुरको लगनखेलबाट सुरु गरिएको र्‍याली जावलखेलमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077