Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गरेका छन् ।

मलेसियाको क्वालालम्पुरमा पार्टीसम्बद्ध प्रवासी नेपाली एकता समाजको भेलामा सहभागी हुन अध्यक्ष लिङ्देन गएराति मलेसिया प्रस्थान गरेका हुन् ।

लिङ्देनले मलेसियामा रहेका नेपाली समुदायसंग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने छन् ।

उनले पार्टीका वरिष्ठ नेतासमेत रहेका उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यबाहक अध्यक्ष तोकेका छन्।

अध्यक्ष लिङ्देन पौष २४ गते स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077