Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्रोत नखुलेको २१ लाखसहित सुनसरीबाट एक जना पक्राउ

सुनसरी। सशस्त्र प्रहरीले स्रोत नखुलेको २१ लाख ५७ हजार नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले सुनसरीको भोक्राहानरसिंह गाउँपालिका ६ बाट नगदसहित कोशी गाउँपलिका–३ का २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले राउतको साथबाट स्रोत नखुलेको उक्त रकम बरामद गरेको थियो ।

पूर्व–पश्चिम राजमार्ग हुँदै प्रदेश १–०२–०५३ प १९५६ नम्बरको मोटरमाइकलमा इनरुवातर्फ गइरहेका बेला राउतलाई खानतलासी गर्दा अवैध रकम बरामद भएको प्रहरीले बताएको छ ।

सशस्त्रले बरामद भएको रकम र मोटरसाइकलसहित राउतलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।

राउतको साथबाट एक हजार दरका नौ सय चार, पाँच सय दरका दुई हजार पाँच सय चार, एक सय दरका १९, पाँच, २० र १० दरका एक/एक थान नेपाली नोट बरामद भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077