Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कमल थापाको आग्रह - दुतावासमार्फत सहयोग बढाउने भारतीय प्रस्ताव अस्विकार गर्नू

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले साना परियोजनाका नाममा भारतले दिने सहायता रकमको सीमा नबढाउन सरकारलाई आग्रह गरेका छन् ।

थापाले सामाजिक सञ्जाल मार्फत विगतका सरकारले गरेका गल्ति सच्याउदै सहयोग रकम बढाउने भारतीय प्रस्तावलाई अस्विकार गर्न सुझाएका हुन् ।

सहयोग रकम स्विकारेर समानान्तर सरकारको अभ्यास नगर्न उनले भनेका छन् । दुतावासमार्फत विकास निर्माणका नाममा सिधै २० करोडसम्मको योजना कार्यान्वयन गर्नसक्ने सम्झौता नेपालका लागि आत्मघाती हुने उनको दाबी छ ।

'विगतमा भएको गल्ती सच्याउनुको सट्टा थप गल्ती नगरौं,' उनले लेखेका छन्, 'यसले समानान्तर सरकारको रुप लिन्छ, जुन नेपालको हितमा हुँदैन ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077