Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नेकपा विभाजन भएपछि जनतामा निराशा बढ्यो, शीर्षस्थ नेता दोषी छन् : वर्षमान पुन

    नेकपा विभाजन भएपछि जनतामा निराशा बढ्यो, शीर्षस्थ नेता दोषी छन् : वर्षमान पुन

    अनलाइन नेपाल
  • बुधबार, १८ पुष २०८०
  • 912
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनका कारण जनतामा निराशा बढेको टिप्पणी गरेका छन् ।

    मार्क्सवादी अध्ययन केन्द्रले बुधबार राजधानीमा गरेको ‘आजको वामपन्थ’ शीर्षकको राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै पुनले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले पछिल्लो समय जनता निराश हुनुको प्रमुख कारण नेकपा विभाजन भएको बताए । नेकपा बचाउन नसक्नुमा शीर्षस्थ नेता दोषी रहेको भन्दै त्यसको जिम्मेवारी लिनुपर्ने बताए ।



    कहिले शान्तिपूर्ण र कहिले संघर्षको धाराबाट आएका एमाले र माओवादीबीच प्रमुख कार्यदिशामा मतान्तर नरहेको पनि उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार