Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

नवलपुर । नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

जिल्लाको डेढ गाउँबाट कावासोती तर्फ आउँदै गरेको लु ४६ प २३८१ नम्बरको मोटर साइकल अनियन्त्रित भई छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा बौदिकाली वडा नम्बर ३ का ५५ वर्षीय रन बहादुर मगरको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । मोटर साइकल चालक सोही ठाउँका ५१ वर्षीय यम बहादुर ठाडा मगर गम्भीर घाइते भएका छन् ।

दुर्घटनाबाट घाइते भएका दुबैलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएकोमा मोटरसाइकल पछाडि बस्ने समाइली मगरलाई चिकित्सकले मृत घोषणा गरेको नवलपुर प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेको ठाडा मगरलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन रेफर गरिएको प्रछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077